Dhulikhel Eco Banner new

नेको इन्सुरेन्सको संस्थापक शेयर बिक्रीमा

1.59K
shares

काठमाडौं, २७ असार । नेको इन्सुरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ। इन्सुरेन्सले ११ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको हो।

कम्पनीको संस्थापक समूहको ११ लाख ९ हजार ७६९.११ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर न्यूनतम मूल्य प्रतिकित्ता १ सयमै बिक्रीमा राखेको छ।

हाल उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको छ। विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।