प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ साउन ८ बिहीवार १०:१८
shares

काठमाडौं, ८ साउन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले ४५ हजार ३४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
कम्पनीले संस्थापक शेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेको ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेको ८८० कित्ता शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
उक्त शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।


















