Dhulikhel Eco Banner new

दरमखोला हाईड्रो इनर्जीको आईपीओ सर्वसाधारणका लागि खुला

2.7K
shares

काठमाडौं, ८ साउन । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर खुला गरेको हो।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

पहिलो चरणमा आयोजनाबाट प्रभावित व्यक्तिहरूलाई १० लाख ३० हजार ५०० कित्ता, र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २ लाख ९१ हजार १५० कित्ता शेयर बिक्री गरिसकिएको छ।

अब कम्पनीले बाँकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषका लागि र ५८ हजार ३९० कित्ता कर्मचारीहरूका लागि छुट्याएर बाँकी २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणका लागि सार्वजनिक गरेको हो।

यो आईपीओमा आवेदन दिन चाहने लगानीकर्ताले कम्तीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म माग गर्न सक्नेछन्। आवेदन दिने अवधि साउन १५ गतेदेखि १९ गतेसम्म रहनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले आफ्नो मेरो शेयर खातामार्फत अनलाइन वा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।