Dhulikhel Eco Banner new

नेपालमा एमसीसी परियोजना कार्यान्वयन यथावत रहने

1.6K
shares

काठमाडौं, १२ साउन । अमेरिकी सरकारले नेपालमा कार्यान्वयनमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टलाई निरन्तरता दिने निर्णय गरेको छ। अमेरिकी वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौतालाई निरन्तरता दिन सिफारिस गरेको अर्थमन्त्रालयले जनाएको छ।

२०७४ भदौ २९ मा नेपाल र एमसीसीबीच सम्झौता सम्पन्न भएको थियो तर तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको २०२५ जनवरी २० को कार्यकारी आदेशअनुसार सो सम्झौताको कार्यान्वयन पुनरावलोकनका लागि स्थगन गरिएको थियो।

एमसीसीले २०२५ जुलाई २४ मा पठाएको पत्रमार्फत पुनरावलोकन प्रक्रिया सकिएको र नेपाल कम्प्याक्टलाई निरन्तरता दिन सिफारिस गरिएको जनाएको हो। यससँगै परियोजना कार्यान्वयनमा थप स्पष्टता आएको अर्थमन्त्रालयको भनाइ छ।