स्टान्डर्ड चार्टर्ड बैंकले कमायो ३ अर्ब २ करोड खुद नाफा
वि.सं.२०८२ साउन ३० शुक्रवार १०:१२
shares

काठमाडौं, ३० साउन । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष ३ अर्ब २ करोड खुद नाफा कमाउन सफल भएको छ । उक्त नाफा गत आर्थिक वर्षको तुलनामा नाफा ७.६ प्रतिशत घटेको हो ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ३ अर्ब २७ करोड रुपैयाँ कमाएको थियो । खुद ब्याज आम्दानी अघिल्लो अर्थिक वर्ष ५ अर्ब १३ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ४ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।
बैंकले लोन लस प्रोभिजनबाट ३३ करोड रुपैयाँ फिर्ता गरेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३० रुपैयाँ १७ पैसा छ । अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ७३ पैसा थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड रुपैयाँ छ । प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ ८५ पैसा हो ।
निष्क्रिय कर्जा घटाउन बैंक सफल भएको छ । कुल कर्जामा यस्तो कर्जा अघिल्लो आर्थिक वर्ष २.१४ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म १.४७ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २१७ रुपैयाँ छ ।



















