प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ भदौ २ सोमवार १३:१६
1.5K
shares
shares

काठमाडौं, २ भदौ । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ६ लाख ६० हजार ६९५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्ने बैंकले जनाएको छ ।
निवेदन १५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।



















