नेपाल धितोपत्र बोर्डमा रोजगारीको अवसर
वि.सं.२०८२ भदौ १३ शुक्रवार १०:०९
shares

काठमाडौं, १३ भदौ । नेपाल धितोपत्र बोर्डले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी नयाँ कर्मचारी माग गरेको छ। बोर्डले शुक्रवार एक सूचना प्रकाशित गर्दै ५ जना कर्मचारी माग गरेको हो ।
बोर्डका अनुसार, सहायक निर्देशक (अधिकृत तृतीय श्रेणी) पदमा ३ जना र वरिष्ठ सहायक (सहायक प्रथम श्रेणी) पदमा २ जना गरी कुल ५ पदका लागि दरखास्त माग गरिएको हो।
इच्छुक तथा तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारहरूले भदौ १३ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सक्नेछन्। निर्धारित समयावधिमा आवेदन दिन नसकेका उम्मेदवारहरूले दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ।
लिखित तथा अन्तर्वार्ता चरणमा आधारित रहने यस प्रतियोगितात्मक परीक्षाको सञ्चालन लोक सेवा आयोगले गर्नेछ।
विस्तृत विवरण र दरखास्त दिने प्रक्रिया नेपाल धितोपत्र बोर्डको वेबसाइट वा सम्बन्धित सूचनाबाट प्राप्त गर्न सकिनेछ।




















