रोशन न्यौपानेले एनआईसी एशिया बैंकको सीईओ पदबाट राजीनामा दिए
वि.सं.२०८२ असोज २ बिहीवार १५:१०
2.85K
shares
shares

काठमाडौं, २ असोज । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै बैंक सञ्चालक समितिमा राजीनामा पत्र पेश गरेका हुन् ।
बैंक स्रोतका अनुसार न्यौपानेको राजीनामा हालैको सञ्चालक समितिको बैठकमा प्रस्तुत गरिएको थियो र उक्त बैठकले राजीनामा स्वीकृत गर्ने प्रक्रियामा छ । बैंकले निकट भविष्यमा नयाँ कार्यकारी प्रमुख नियुक्त गर्ने तयारी गरिरहेको छ । न्यौपानेले करिब सात वर्षसम्म बैंकको नेतृत्व सम्हालेका थिए।



















