सूर्य नेपालले विद्युत् बक्यौता समयमै तिरेको स्पष्टिकरण,
वि.सं.२०८२ असोज २ बिहीवार १३:२३
shares

काठमाडौं, २ असोज । सूर्य नेपाल प्रा.लि.ले नेपाल विद्युत् प्राधिकरणको निर्देशनअनुसार सबै बक्यौता पहिले नै तिरेको स्पष्ट गर्दै सामाजिक सञ्जालमा कम्पनीको नाम जोडेर गरिएको भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय २०७२ पौषदेखि २०७५ वैशाखसम्म अनुसार लागू हुने अतिरिक्त महशुलभन्दा बढी नै रकम सूर्य नेपालले भुक्तानी गरिसकेको छ। यसका साथै, लोडसेडिङ अवधिमा ट्रंक लाइनमार्फत विद्युत् प्रयोग गरेबापत लाग्ने भनिएको अतिरिक्त महशुलसमेत नेपाल विद्युत् प्राधिकरणको निर्देशनअनुसार पहिले नै चुक्ता गरिएको कम्पनीको दाबी छ।
विज्ञप्तिमा उल्लेख गरिएको छ, हामी कानून, नियम, नेपाल सरकार तथा सम्बद्ध निकायका निर्देशनहरूको पालना गर्न पूर्णतः प्रतिबद्ध छौं । भुक्तानी गरिसकेको बक्यौताको सन्दर्भमा गलत सूचना फैलिनु कम्पनीको प्रतिष्ठामा आँच पुर्याउने कार्य हो ।
यस प्रकारका भ्रामक सूचनाले आम जनमानसमा भ्रम सिर्जना गर्नुका साथै कम्पनीको छविमा प्रतिकूल असर पार्न सक्ने भन्दै सूर्य नेपालले यस्ता गलत प्रचार नगर्न सबैमा अनुरोध गरेको छ।
साथै, सूर्य नेपालले नेपाल विद्युत् प्राधिकरणलाई कम्पनीले आफ्नो जिम्मेवारी अनुसार भुक्तानी गरिसकेको तथ्य सार्वजनिक गर्न अनुरोध समेत गरेको छ ।



















