जेन जी आन्दोलनमा कसले चलायो गोली ? ओली भन्छन्– षड्यन्त्रकारीले हिंसा मच्चाए
प्रहरीसँग नभएका हतियारबाट गोली चलाइएको केपी ओलीको दावी
वि.सं.२०८२ असोज ३ शुक्रवार ०९:२१
shares

काठमाडौं, ३ असोज । जेन जी आन्दोलन पछि केपी ओलीले मुख खोलेका छन् । पूर्व प्रधानमन्त्री ओलीले जेनजी आन्दोलनमा घुस पैठ भएको र प्रहरीले गोली नहानेको समेत बताएका छन् ।
संविधान दिवसका अवसरमा शुक्रबार वक्तव्य निकाल्दै ओलीले यस्तो बताएका हुन् । ‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो, त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए’ केपी ओलीले भनेका छन्, ‘हाम्रा युवाहरुको ज्यान गयो, सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन ।’
प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको भन्दै ओलीले सो घटनाको छानबिन हुनुपर्ने पनि बताएका छन् ।



















