Dhulikhel Eco Banner new

नेतृत्वबाट भाग्ने दाउमा नेरुडेका कामू सीईओ भागनारायण

3.93K
shares

काठमाडौं, ३ असोज । जस्तो नाम त्यस्तै काम भने जस्ते नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कामू प्रमुख कार्यकारी अधिकृत भागनारायण साहुले जिम्बेवारीबाट भाग्ने तयारी गरेका छन् । संस्थामा सञ्चालकदेखि तल कर्मचारीहरु समेतले काम गर्न नदिने भन्दै उनी जिम्बेवारीबाट भाग्न खोजेका हुन् ।

संस्थाका तत्कालीन सीईओ भोजराज बस्यालको कार्यकाल सकिएपछि उनी कामू सीईओ बनेका थिए । उनले बल गरेको अवस्थामा सीईओ नै हुने अवस्था भए पनि उनले नेतृत्व गर्न नसक्ने भन्दै संस्थाका सञ्चालक टेकबहादुर बोहरा लगायतलाई जानकारी गराइसकेका छन् ।

कामू सीईओ साहुले नै अहिले बिर्खबहादुर बोहरालाई कामूको पनि कामू दिएर गृह जिल्ला तिर लागेका छन् । गृह जिल्ला जानुको कारण भने फेरि यहाँको बिवाद होइन । साहुकी श्रीमती एक पालिकाकी उपप्रमुख हुन् । जेनजी आन्दोलनका क्रममा उनको घरमा समेत क्षति पुगेपछि बोहरालाई कामू दिएर उनी तराईमा रहेको घरमा पुगेका छन् ।

Follow Up

नेरुडे मिर्मिरेमा बल्झियो समस्या, प्राइम बैंकलाई हराउदै बोहराले जिते चुनाव

नेरुडे मिर्मिरेमा बल्झियो समस्या, प्राइम बैंकलाई हराउदै बोहराले जिते चुनाव

नेरुडे मिर्मिरेमा लफडा कायमै, अध्यक्षको सपथ नै रोकियो

नेरुडे मिर्मिरेमा लफडा कायमै, अध्यक्षको सपथ नै रोकियो

नेतृत्वबाट भाग्ने दाउमा नेरुडेका कामू सीईओ भागनारायण

नेतृत्वबाट भाग्ने दाउमा नेरुडेका कामू सीईओ भागनारायण

कुशल नेतृत्व नहुँदा समस्यामा जनउत्थान लघुवित्त, निस्कृय कर्जा आकासिदै

कुशल नेतृत्व नहुँदा समस्यामा जनउत्थान लघुवित्त, निस्कृय कर्जा आकासिदै

फस्र्ट माइक्रोफाइनान्स : फेसबुकमा मस्त कर्मचारी, जोसुकै आओस् ‘बाल मतलव’ !

फस्र्ट माइक्रोफाइनान्स : फेसबुकमा मस्त कर्मचारी, जोसुकै आओस् ‘बाल मतलव’ !