एनएमबि बैंकका कार्ड सेवा अस्थायी रूपमा बन्द हुने
वि.सं.२०८२ कात्तिक १२ बुधवार ११:४०
shares

काठमाडौं, १२ कात्तिक । एनएमबि बैंक लिमिटेडले आफ्नो कार्ड प्रणाली मर्मतका कारण केही समयका लागि कार्डसम्बन्धी सेवा अवरुद्ध हुने जनाएको छ। बैंकका अनुसार, कात्तिक १४ गते शुक्रबार साँझ ८ः०० बजेदेखि कात्तिक १५ गते शनिबार दिउँसो ४ः०० बजेसम्म बैंकका कार्ड, एटीएम, पीओएस र ई–कमर्स सेवाहरू अस्थायी रूपमा बन्द रहनेछन्।
बैंकले उक्त अवधि बैंकको कार्ड प्रणाली मर्मत तथा स्तरोन्नति कार्य सम्पन्न गर्नका लागि सेवा रोकिएको स्पष्ट पारेको छ। यस अवधिमा ग्राहकहरूले एनएमबि बैंकबाट जारी गरिएका कार्डमार्फत एटीएमबाट रकम झिक्न, पसमा भुक्तानी गर्न तथा अनलाइन पेमेन्ट गर्न सक्ने छैनन्।
ग्राहकलाई असुविधा हुन सक्ने भन्दै बैंकले क्षमायाचना गरेको छ र वैकल्पिक रूपमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्यूआर भुक्तानी जस्ता माध्यमहरू प्रयोग गर्न आग्रह गरेको छ।



















