Dhulikhel Eco Banner new

एनएमबि बैंकले कमायो ९१ करोड ५९ लाख खुद नाफा

2.03K
shares

काठमाडौं, २१ कात्तिक । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०४ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १४.३७ प्रतिशत बढेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २३.४७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.३१ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ७१ करोड ३९ लाख रुपैयाँ पुगेसँगै खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड रूपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ घटेर १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ।