Dhulikhel Eco Banner new

चिरायु अस्पतालको भिआईपी कक्षमा भर्ना भए शेरचन

4.32K
shares

काठमाडौं, ३ पुस । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार उपचारका लागि काठमाडौंस्थित चिरायु अस्पताल लगिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले शेरचनलाई अस्पताल पुर्‍याइएको केटिएम भ्वाइसलाई जानकारी दिएका हुन् । उनका अनुसार शेरचनको उपचार सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा भइरहेको छ ।

शेरचनमाथि बैंकिङ कसुरसम्बन्धी तीन वटा फरक–फरक मुद्दामा अनुसन्धान जारी रहेको छ । अनुसन्धानकै क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।