Dhulikhel Eco Banner new

अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गर्ने तयारी

4.93K
shares

काठमाडौं, १५ साउन । जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीका रुपमा ल्याउने तयारी भएको छ । बजेट बनाउँदा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै चर्को आलोचना भएपछि राजिनामा दिएका शर्माले संसदीय छानबिवन समितिबाट सफाइ पाए पछि पुनः अर्थमन्त्रीको जिम्मेवारीमा ल्याउने तयारी भएको हो ।

नेकपा माओवादी स्रोतका अनुसार पार्टीमा छलफल गरेर आजै प्रधानमन्त्री समक्ष अर्थमन्त्रीका रुपमा शर्माको नाम पठाउने तयारी भइरहेको छ । माओवादी अध्यक्ष प्रचण्डले शर्माको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई पठाउने तयारी गरिरहेको बताइएको छ । शर्माले आइतबार नै पद तथा गोपनियताको शपथ लिने सम्भावना रहेको स्रोतको दाबी छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो । अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ ।