शेयर धितो कर्जा ६४ अर्ब बढी
वि.सं.२०७९ भदौ १५ बुधवार १५:५०
shares

काठमाडौं, १५ भदौ । बैंकहरुले एक वर्षको अवधिमा ६४ अर्ब बढीको शेयर धितो प्रवाह गरेका छन् । बैंकहरुले ६४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ शेयर कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २८.७० प्रतिशतले कम हो ।
अघिल्लो वर्षको असार मसान्तसम्म बैंकहरुले यस्तो कर्जा प्रबाह ९० अर्ब ९२ करोड १० लाख रहेको थियो । नेपाल राष्ट्र बैंककाअनुसार बैंकहरुले शेयर धितो राखेर सबैभन्दा बढी कर्जा दिनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले असार मसान्तसम्म ७ अर्ब ६१ करोड ७२ लाखको शेयर कर्जा प्रबाह गरेको छ । असार मसान्तसम्म सबैभन्दा कम शेयर कर्जा प्रबाह गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ । यो बैंकले ३ करोड २७ लाख रुपैयाँ मात्रै कर्जा प्रबाह गरेको छ । स्टाण्डर्ड चार्टर्ड बैंकले भने यस्तो कर्जा दिएको छैन ।
नबिल बैंक पछि शेयर धितोमा कर्जा बढी प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकले असार मसान्तसम्म ४ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ शेयर धितो कर्जा प्रबाह गरेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ६२ करोड ३२ लाख, नेपाल बैंकले ४ अर्ब ६० करोड ५५ लाख, सिद्धार्थ बैंकले ४ अर्ब ५ करोड ५६ लाख, सिटिजन्स बैंकले ४ अर्ब ७ करोड ४६ लाख रुपैयाँ कर्जा दिएका छन् ।
प्राइम बैंकले असार मसान्तसम्म ३ अर्ब ४६ करोड ६९ लाख रुपैयाँ कर्जा दिएको छ । यस्तै कुमारी बैंकले २ अर्ब ६० करोड, लक्ष्मी बैंकले २ अर्ब १० करोड ९० लाख,सनराइज बैंकले २ अर्ब २५ करोड ५० लाख, प्रभु बैंकले २ अर्ब ६ करोड २० लाख,मेगा बैंकले २ अर्ब ८९ करोड ४२ लाख, सिभिल बैंकले २ अर्ब ३३ करोड, सेञ्चुरी बैंकले २ अर्ब ४४ करोड ९४ लाख रुपैयाँ कर्जा दिएका छन् ।
यता नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६८ करोड ३५ लाख, हिमालयन बैंकले १ अर्ब २९ करोड ५८ लाख, बैंक अफ काठमाण्डूले १ अर्ब ९७ करोड ५४ लाख, एनसीसी बैंकले १ अर्ब ६० करोड १६ लाख, एनआईसी एशिया बैंकले १ अर्ब ९१ करोड ९२ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब ४ करोड ९२ लाख, कृषि विकास बैंकले १ अर्ब १७ करोड २४ लाख, एनएमबी बैंकले १ अर्ब ४५ करोड, सनिमा बैंकले १ अर्ब ७५ करोड ७७ लाख र एभरेष्ट बैंकले ७३ करोड ६८ लाख रुपैयाँ शेयर धितो कर्जा दिएका छन् ।
















