कर्मचारीको तलब बढाएको विषयमा अर्थमन्त्रीको स्पष्टिकरणः ‘ऐनमा भएको कुरा कार्यान्वयन गरेको हो’
वि.सं.२०७९ जेठ १६ सोमवार १६:२२
shares

काठमाडौं, १६ जेठ । अर्थमन्त्री जनार्दन शर्माले २०७९।०८० को बजेटमा निजामति कर्मचारीको तलब बढाएको विषयमा स्पष्टिकरण दिएका छन् ।
उनले ऐनमा भएको व्यवस्थाको कार्यान्यन गरेको बताएका छन् । उनले आज अर्थ मन्त्रालयमा पत्रकार सम्वेलन गर्दै भनेका छन्, ‘कर्मचारीको तलब ३ वर्षमा बढाउनु पर्ने ऐनमा व्यवस्था छ, त्यो व्यवस्था अनुरुप नै हामीले कर्माचारीको तलब बढाका हौँ ।’
उनले अझ थपे, ‘यो बजेटलाई चुनावी बजेट भनेर पनि भन्ने गरिएको छ, के उत्तपादन बढाउनुु चुनावी कुरा हो र ?’ भन्दै प्रतिपश्न गरेका छन् ।
उनले बजेटमा रणनीतिक योजनाहरु ल्याएको बताउँदै अगाडी भन्छन्, ‘युवाहरुलाई तालिमा दिनु पर्छ भन्ने कुरा चुनावी कुरा हुँदैन, किसानलाई उत्पादन क्षेत्रमा अगाडी बढाइएन भने उत्पादन कस्ले गर्ने त ?, त्यो बनाउनको लागि किसानको पेन्सनको कुरा गरेका छौँ, त्यो पनि उनीहरुको योग्दानका आधारमा भनेको हौँ ।’
यो बजेटमा विगतको योजनाको निरन्तर्ता रहेको समेत शर्माले जानकारी दिएका छन् । यो बजेट चुनावी भए अगाडी बनेका बजेट जति सवै चुनावी मात्र हुने मान्नुपर्ने शर्माको भनाई छ । उनले भनेका छन्, ‘अहिलेको बजेट चुनावी भए ३।४ वर्ष पहिलेको सरकारले चुनावी बजेट बनाएको थियो भनेर मान्नु पर्यो, यसरी हामीले प्राथमिता दिएका छौँ ।’















