Dhulikhel Eco Banner new

‘परराष्ट्रमन्त्रीले नै बालअधिकार हनन् गर्नु दुखद्’

11.3K
shares

काठमाडौं, ६ भदौ । अधिकारकर्मी दुर्गाकुमार थापाले परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी कार्यक्रममा स–साना बालबालिकाहरुको प्रयोग गरिनु दुखद् र लज्जापद भएको बताएका छन् । बालअधिकारका लागि उदयपुर लामो समय काम गरेका थापाले बहालवाला मन्त्रीकै कार्यक्रममा बालबालिकालाई सास्ती दिनु गलत भएको बताएका हुन् ।

वेलका नगरपालिकाका पूर्व मेयर समेत रहेका थापाले बालबालिका शान्ति क्षेत्र हुन् भनेर सरकारले नै घोषणा गरेको कुरा कम्तिमा सरकारमा बस्नेले हेक्का राख्नु पर्ने बताए । बालबालिकाको सकारात्मक सहभागितामा सबैले जोड दिनु पर्ने बताएका थापाले नकरात्मक सहभागिता भने सबैले निरुत्साहित गर्नुपर्ने बताए ।

उदयपुरको एक पुल उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस र माओवादीका नेताहरुले बालबालिका लगेका थिए । कार्यक्रम स्थलमा मन्त्री खड्का निर्धारित समयभन्दा निकै ढिला पुग्दा स–साना बालबालिकाहरु लामो समय टन्टलापुर घाममा उभिन बाध्य भए । कार्यक्रममा केही साना बालबालिकाहरुलाई पञ्चकन्याका रुपमा र धेरैलाई भाषण सुन्ने ठाउँमा उभिनकै लागि बोलाइएको थियो ।

‘हामीले बुझ्नै पर्ने कुरा भनेको बालबालिकोको सकारात्मक सहभागिता र नकरात्मक सहभागिता हुन्छ’ थापाले केटिएम भ्वाइससँग भने, ‘बालबालिका सजावटका सामाग्री होइनन्, उनीहरुलाई बाल संगठनमा सहभागी गराउनु राम्रो हो तर राजनीतिक कार्यक्रममा सजाउनका लागि लगिनु गलत हो ।’

Follow Up

परराष्ट्रमन्त्रीको कार्यक्रममा बालबालिकाको प्रयोग

परराष्ट्रमन्त्रीको कार्यक्रममा बालबालिकाको प्रयोग

केही परे फोन गर्नु भन्दै काठमाडौं फर्किए परराष्ट्रमन्त्री खड्का

केही परे फोन गर्नु भन्दै काठमाडौं फर्किए परराष्ट्रमन्त्री खड्का