Dhulikhel Eco Banner new

सुन्दर हरिजन प्रकरण : छानविनका लागि संसदीय समिति बनाउन माग

6.06K
shares

काठमाडौं, १७ जेठ । रोल्पा कारागारमा निधन भएका सुन्दर हरिजन प्रकरणको छानविनका लागि संसदीय समिति गठन गर्नका लागि माग गरिएको छ । नेकपा (माओवादी केन्द्र) की सांसद अन्जना विशंखेले सो घटनाको छानविनका लागि संसदीय समिति बनाउन माग गरेकि हुन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विशंखेले विजयविक्रम शाहको नाममा सुन्दर हरिजनलाई रोल्पा कारागार राखिएको र शाहलाई भने हरिजनको नाममा कारागारबाट छुटाउने षड्यन्त्र गरिएको बताए छिन् ।

उनले केही दिन अघि सुन्दर हरिजनको कारागारमै निधन भएकोमा समग्र घटनाको छानविन गर्नुपर्ने पनि बताएकी हुन् । उनले यस घटनाबाट नेपालको सिंगो न्याय प्रणाली, सुरक्षा संयन्त्र र राज्यको पुरै शासन संरचनामाथि प्रश्न चिन्ह खडा भएको बताइन् । उनले भनिज् ‘उक्त घटनामा सिंगो न्याय प्रशासन, न्यायालय जोडिएको कारणले गर्दाखेरी संसदीय छानविन समिति गठन गरियोस् र अपराधी करारलाई यथाशीघ्र छानविनको दायरामा लिइयोस् । र सर्वोच्च अदालत न्यायालय पनि जोडिएको कारणले गर्दा गृह मन्त्रालय र सर्वोच्च अदालतका न्यायाधीशसहितको छानविन समिति, संसदीय छानविन समिति र सरकारद्वारा गृह मन्त्रालयमा अर्को छानविन समिति गठन गरियोस् भनेर म सभामुख मार्फत् सरकारसँग माग गर्दछु ।’