दोहोरो अंकले बढेको शेयर बजारमा यी ६ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ चैत १७ मंगलवार १५:२८
shares

काठमाडौं, १७ चैत । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १९.७० अंकले बढेर २,८५१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब ११ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी, भुजुङ हाइड्रोपावर लिमिटेड, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सुर्यकुन्ड हाइड्रोपावर लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।


















