सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो
वि.सं.२०८२ चैत २४ मंगलवार १५:१०
shares

काठमाडौं, २४ चैत । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.६१ अंकले घटेर २,७५७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ७३ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा उपकार लघुवित्त बित्तीय संस्था, भुजुङ हाइड्रोपावर, सुपर खुदी, स्वेट गंगा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी एनआइबिएल ग्रोथ फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.०८ प्रतिशतका दरले गुमाएका छन् ।



















