हिमालयन हाइड्रोपावरको आईपीओ भर्ने म्याद थप
वि.सं.२०७९ जेठ ८ आइतवार ०८:४५
shares

काठमाडौं, ८ जेठ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने म्याद थप भएको छ । हाइड्रोपावरको आईपीओ भेर्न समय थप गरेर जेठ १६ गतेसम्म आवेदन पुर्याइएको हो ।
कम्पनीको आईपीओ बैशाख २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको थियो । आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आह्वान गरिएकोमा माग अनुसारको आवेदन नपरे पछि समय थप गरिएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत शेयर निष्काशन गरेको छ । यस अनुसार कम्पनीले ९ करोड रुपैयाँ बराबरको १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । आईपीओको आवेदन ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट दिन सक्ने बताइएको छ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाइएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम एक लाख कित्तासम्म आवेदन माग गर्न सककिने जनाइएको छ ।



















