Dhulikhel Eco Banner new

शेयर बजारमा ११ अंकको सुधार, कारोबार रकम १ अर्बले घट्यो

5.25K
shares

काठमाडौं, ११ असार । कारोबारको दोस्रो दिन शेयर बजारमा ११ अंकको सुधार भएको छ । आज ११ दशमलव ६९ अंकले सुधार आएको शेयर बजार परिसूचक २१२९ दशमलव ४२ विन्दुमा पुगेको छ ।

सोमबार २७९ कम्पनीका १ करोड १९ लाख ३ हजार ६८७ कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ०८७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ३ दशमलव ६६अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३११ दशमलव ११ विन्दुमा पुगेको छ ।