Dhulikhel Eco Banner new

देउराली सहकारीद्वारा रकम फिर्ता पाउन बाँकी बचतकर्ताहरूलाई सम्पर्कमा आउन आव्हान

15.26K
shares

काठमाडौं, ११ असार । देउराली सहकारीले रकम फिर्ता पाउन बाँकी रहेका बचतकर्ताहरूलाई सम्पर्कमा आउन आव्हान गरेको छ ।  सहकारीले प्रेस विज्ञप्ती  जारी गर्दै रकम फिर्ता पाउन बाँकी रहेका बचतकर्तालाई सम्पर्कमा आउन आव्हान गरेको हो ।

२०७९ साल असारबाट समस्यामा परेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुर सातदोबाटोमा रहेको केन्द्रीय कार्यालय, भक्तपुर सुर्यविनायक र न्युरोड काठमाण्डौमा रहेको सेवा काउन्टरका बचतकर्ताहरू, संचालक समिति र कर्मचारीहरुलाई लक्षित गरी प्रेस विज्ञप्ती जारी गरेको छ ।

विज्ञप्ती जारी गर्दै सहकारीले सदस्य, कर्मंचारीहरुलाई सम्पर्कमा आई सदस्य सेवा काउन्टर न्युरोडबाट सदस्यहरूको फिर्ता दिन बाँकी बचत बापत विभिन्न स्थानका जग्गा, जमिन दिन भनेको छ ।  अपाङ्ग अशक्त र हस्पिटल भर्ना भएकाहरूलाई केही रकम दिइरहेकोले बचतकर्ताहरूलाई सम्पर्कमा आउन भनेको छ ।

संस्था समस्यामा परेपछि बचतकर्ताहरुकै समूह बनाइ उक्त समूहका बचतकर्ता कृष्ण प्रसाद कँडेल, नकुल आचार्य, जीवन श्रेष्ठहरूको संयुक्त नाममा गृहम डेभलपमेन्ट कम्पनी दर्ता गरिएको छ । कम्पनी दर्ता गर्दै नवलपरासीको २९ कठा ४४ वटा घडेरी र ललितपुरमा महेश तिमल्सीना, यशोदा सिलवाल, रञ्जु सिलवाल, गोपाल महर्जन, मंजिल शाक्य, रवीन्द्र श्रेष्ठ, नवीन्द्र श्रेष्ठ, भीम बहादुर महर्जन, सुनिल शाक्य, श्रेया शाक्य, सविना श्रेष्ठ, नवीन महर्जन, कमला शाक्य, नारायण श्रेष्ठ, रसिक श्रेष्ठ, श्रेया श्रेष्ठ, शरिक श्रेष्ठ, स्वीकृति शेरचन, सन्तोष श्रेष्ठ, भूपेन्द्र कुमार शाह, आयन बक्स, नारायण दत्त जोशी, विनिता तिमल्सीना, निर्यान श्रेष्ठ, सक्षम प्रधान, हरि बहादुर श्रेष्ठ, लिला शाक्य लगायत सदस्यहरुले केही रकम आफू थपी करिब ३० करोडको जग्गा सेटलमेन्ट गरी  संस्थालाई सहयोग गरिसकेको सहकारीले जनाएको छ ।

अरू जग्गा लिन इच्छुक सदस्यहरुले सदस्य सेवा काउन्टर न्युरोडमा गई छलफल गरी जग्गा लिन सकिने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसै गरी साना बचतकर्ताहरूलाई संस्थाले रकम व्यवस्थापन गरिरहेको र छिट्टै उनीहरूलाई रकम बाँड्ने तादाम्यता मिलाइएको सहकारीले जनाएको छ । संस्थालाई पहिलेकै स्थानमा ल्याउने यस हदको प्रयासको बाबजुद संचालक समितिहरू सम्पर्कमा रही बचतकर्ताहरूको हितमा कार्य गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

बजारमा भागेका विभिन्न सहकारीको आफवाह सुनेर वा संस्था विरुद्ध लाग्नेहरुको कुरा सुनेर संचालक समिति लाई उजुरी गर्ने, आन्दोलन तथा धर्ना दिने जस्ता क्रियाकलापहरू बन्द गर्न पनि सहकारीले अपिल गरेको छ । देउरालीले रकम फिर्ता गर्न धेरै बाँकी नरहेको र बाँकी रहेकाहरू सम्पर्कमा आइ छलफलबाट आफ्ना रकम सुरक्षण गर्न आग्रह समेत गरेको छ ।

पछिल्लो समय देउरालीका अध्यक्ष रवीन्द्र चौलागाइले संस्था अप्ठेरोमा परेपछि आर्थिक लेनदेन गर्दा आफू मर्कामा परेको बताएका छन् । उनले शोषण गर्ने अनुचित लेनदेनवाला र संस्थाको कर्जा लिइ नतिर्ने बरु उल्टै धम्की दिने, अपचलन गर्नेहरू र कतिपय संचालक तथा कर्मचारी विरुद्ध पनि उजुरी दिएका थिए ।

उजुरी पछि राजनीतिक दलहरूको आडमा गुण्डागर्दी र आपराधिक कर्ममा संलग्न व्यक्तिहरू लगाइ उल्टै मार्ने, काट्ने जस्ता धम्की दिइएकाले आफू सदस्यहरूमाझ आएर छलफल गर्न नसके पनि संचालक र केही कर्मचारीमार्फत आफनै निर्देशनमा पीडित बचतकर्ताहरूको बचत दिनरात खटिएर फिर्ता गरिरहेको अध्यक्ष चौलागाँइले बताएका छन् ।

देउराली सहकारीमा विभिन्न शीर्षकमा बचत रकम ८५ प्रतिशत फिर्ता भइसकेको र बाँकी रकम छिट्टै नै फिर्ता गरी संस्था पहिलाकै अवस्थामा फर्काउने प्रतिबद्धता प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।