Dhulikhel Eco Banner new

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

16.11K
shares

काठमाडौं, ११ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालविरूद्ध साढे एक करोड भ्रष्टाचारको मुद्दा दायर भएको छ।

आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीविरूद्ध एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

ढकालले उक्त कोषमा सदस्यसचिव रहँदा एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको अख्तियारको आरोप छ। अख्तियारले २०७४ साउन ३२ गतेदेखि २०७९ जेठ ३० गतेसम्म आर्जन गरेको सम्पत्ति माथि जाँच गर्दा उक्त रकम गैरकानुनी रहेको खुलेको हो।

उनले सो अवधिमा ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैंया आम्दानी तथा ७ करोड ८४ लाख ५ हजार ९४ रूपैंया खर्च तथा लगानी गरेको देखिएको र बैधानिक श्रोत खुल्न नसकेको १ करोड ४४ लाख ११ हजार ७८१ रूपैंया रहेको हुँदा त्यतिनै बिगो रकम कायम गरी जरिवाना तथा कैद सजायको माग दाबीसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।