Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले वृद्धि

2.15K
shares

काठमाडौं, १७ भदौ । निरन्तर घटेको शेयर बजार सोमबार उच्च अंकले बढेको छ । सोमबार शेयर बजार १२७.३२ अंकले बढेर २,८२३ को विन्दुमा कायम भएको छ । यसदिन २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ अर्ब १० करोड भएको हो ।

यसदिन अधिकांश कम्पनीको बढेको छ । नेशनल हाईड्रोपावर, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगेशिप फाइनान्स, एनएलजी फाइनान्स, रिलायन्स फाइनान्स र सुपर माई हाईड्रोपावर १० प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, हिमालयन रि, नेपाल फाइनान्स,अरुण भ्याली, सिईडिबी हाईड्रोपावर, हाईड्रो इलेक्टेसिटि, रादी, सानिमा माई र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।

बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, निर्जीवन बीमा ४.८१, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढेको छ ।