Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.63K
shares

काठमाडौं, १२ मंसिर । बुधबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३९.७० अंकले बढेर २,७५६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ३८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम बढेर ९ अर्ब ३१ करोडको कारोबार भएको हो

हरियाली छाएको शेयर बजारमा मिथिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेको छ ।

यसदिन जानकी फाइनान्सका लगानीकर्ताले ९.५८ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल फाइनान्सका लगानीकर्ताले ६.७७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताले ६.५२ प्रतिशतका दरले गुमाएका छन् भने एनआईसी एशिया सन्तुलित कोषका लगानीकर्ताले ३.२५ प्रतिशतका दरले गुमाएका छन् ।