कबड्डी ४ की नायिका दुर्व्यवहार काण्ड : फुर्बाले गल्ति स्वीकार गरेपछि भयो सहमति
वि.सं.२०७९ जेठ १७ मंगलवार १९:४९
shares

काठमाडौं, १७ जेठ । चलचित्र ‘कबड्डी ४’ की नायिका मिरुना गगरलाई फुर्बा तामाङले ‘दुर्व्यवहार’ गरेको आरोप तामाङले गल्ति स्वीकार गरेपछि समहमति भएको छ । दुवैविच हस्ताक्षर भएर सहमति भएको हो ।
सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।
मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् । दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको हो ।
सहमतिको साक्षीका रुपमा मिरुनाका तर्फबाट रामबाबु गुरुङ, दयाहाङ राई मणीराम पोखरेल, विजय बराल, सञ्जोग लाफा मगर, पशुपति राई र कालीप्रसाद रिजाल छन् ।
फुर्पाको तर्फबाट खेन्पो कमल भण्डारी मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामालेको समेत हस्ताक्षर गरेका छन् ।
नायिका मगरले एक दर्शकलाई आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै प्रहरीमा उजुरि दिएको थिईन ।
फुर्वाले आफूलाई नियतवस पिठ्यूमा छोएको मगरको आरोप थियो ।
सिभिल मलको सातौं तल्लामा रहेको कफी सपमा उक्त घटना भएको थियो । तामाङले आफूलाई दुर्व्यवहार गरेको भन्दै मिरुनाले उनलाई गालामा थप्पड हानेकी थिइन् । त्यसपछि तामाङले सबैको अगाडि माफी मागे । तर, मिरुनाले माफी दिइनन् । उनले न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीलाई खबर गरिन् । त्यहाँबाट आएका प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको थियो ।




















