Dhulikhel Eco Banner new

त्रिविसभा स्थगित

3.91K
shares

काठमाडौं, ३० असार । सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय त्रिवि सभा स्थगित भएको छ। त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए।

यही असार ३१ गते सोमबार त्रिविसभाको बैठक डाकिएको थियो। उक्त सभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत नपाइसकेको अवस्थामा स्वतः पदमुक्त भएपछि र नयाँ प्रधानमन्त्री नियुक्त भइनसकेको अवस्थामा सभा गर्न समस्या भएको हो।

यसअघि त्रिविका कुलपति एवं प्रधानमन्त्रीले त्रिविसभा असार ३१ गते गर्ने निर्णय गरेका थिए।