साफ च्याम्पियनसिप : बंगलादेश विरुद्ध नेपाल २–० ले पछि
वि.सं.२०७९ असोज ३ सोमवार १७:५३
4.33K
shares
shares

काठमाडौं, ३ असोज । साफ महिला च्याम्पियनशिप अन्तर्गत फाइनलमा बंगलादेश विरुद्धको खेलमा नेपाली टोली पछि परेको छ । पहिलो हाफको खेल सकिदा नेपाली टोली २–० ले पछि परेको हो ।
सुरुवातदेखिनै नेपाललाई दबाबमा राखेको बंगलादेशले १४ औँ र ४२ औँ मिनेटमा गोल गरेको थियो । साफ च्याम्पियनसिपमा बंगलादेशसँग पराजित नभएको नेपाल पहिलो उपाधि उचाल्ने योजनामा रहेको छ । तर पहिलो हाफको खेल हेर्दा नोपाली टोली पुनः फाइनमा पराजित हुने अवस्था देखिएको छ ।
सधै भारतसँग पराजित हुँदै आएको नेपालले यो पटक उपाधि जित्नेमा नेपाली दर्शक निकै आशावादी रहेका छन् ।



















