Dhulikhel Eco Banner new

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.26K
shares

काठमाडौं, २९ चैत । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ सयले बढेको हो ।

महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार ९ सयमा कारोबार भएको सुन आइतवार बढेर २ लाख ९७ हजार १ सयमा कायम भएको छ ।

त्यसैगरी, आइतवार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ४ हजार ९ सय ६० मा कारोबार भएको चाँदी आइतवार ४ हजार ९ सय ७५ रुपैयाँमा कायम भएको हो ।