Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ३ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.34K
shares

काठमाडौं, ७ वैशाख । स्थानीय बजारमा सोमवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य १ हजार ३ सयले घटेको हो ।

महासंघका अनुसार आइतवार प्रतितोला ३ लाख १ हजारमा कारोबार भएको सुन सोमवार घटेर प्रतितोला २ लाख ९९ हजार ७ सयमा कायम भएको छ ।

त्यसैगरी, सोमवार चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । आइतवार प्रतितोला ५ हजार २ सय २५ रुपैयाँ कारोबार भएको चाँदी सोमवार ५ हजार १ सय ९० रुपैयाँमा कायम भएको हो ।