प्रतितोला ३ हजारले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख १६ बुधवार १०:५१
858
shares
shares

काठमाडौं, १६ वैशाख । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य ३ हजारले घटेको हो ।
महासंघका अनुसार मंगलवार प्रतितोला २ लाख ९७ हजार ५ सयमा कारोबार भएको सुन बुधवार घटेर प्रतितोला २ लाख ९४ हजार ५ सयमा कायम भएको छ ।
त्यसैगरी, बुधवार चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । सोमवार प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ कारोबार भएको चाँदी बुधवार ४ हजार ९ सय १५ रुपैयाँमा कायम भएको हो ।



















