सोपान फर्मास्युटिकल्सको आईपीओ भोलि बाँडफाँड हुने
वि.सं.२०८३ वैशाख १६ बुधवार ११:०३
shares

काठमाडौं, १६ वैशाख । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ भोलि बिहान बाँडफाँड गरिने भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहीबार बिहान ९ बजे बाँडफाँड गर्ने तयारी गरेको जनाएको छ।
यस आईपीओमा कुल २९ लाख १४ हजार ४४३ जनाले आवेदन दिएका थिए। कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्कासन गरेको थियो। माग अत्यधिक भएपछि धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट शेयर वितरण गरिनेछ।
उपलब्ध विवरण अनुसार कुल आवेदकमध्ये ३ लाख ४७ हजार ४९० जनाले मात्र न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। यससँगै करिब २५ लाख ६६ हजार आवेदक भने शेयर नपाई खाली हात फर्किनुपर्ने स्थिति देखिएको छ।



















