सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त
वि.सं.२०८३ वैशाख १६ बुधवार १०:५८
936
shares
shares

काठमाडौं, १६ वैशाख । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले पुल्चोक, ललितपुरस्थित विभागको नेतृत्व ढकाललाई सुम्पिएको हो।
ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत थिए। उनलाई विभागको नेतृत्वमा नियुक्त गर्दै सम्पत्ति शुद्धीकरण नियन्त्रण तथा अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।



















