GBIME

घट्यो सुनचाँदीको भाउ, कति पुग्यो प्रतितोला ?

1.07K
shares

काठमाडौं, १४ फागुन । केही दिनयता सुनको मूल्यामा निरन्तर गिरावट आईरहेको छ । माघ महिनामा यो नेपालकै सबैभन्दा महंगो भएको सुनको मूल्य अहिले केही तल झरेको छ ।

आज अर्थात आइतबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ पनि यस दिन तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २ हजार रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि गिरावट भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले सस्तिँदा प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच हुँदैछ ।