Dhulikhel Eco Banner new

एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट, के तपाइलाई पर्यो ?

7.03K
shares

काठमाडौं, १४ फागुन । एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आजे आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ९७ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो ।

सो शेयरमा कुल १४ लाख ३२ हजार २२२ आवेदकबाट १ करोड ५५ लाख २५ हजार ४०० कित्ताका आवेदन परेको थियो । जसमध्ये ६ हजार ५०२ आवेदन रद्द भएको छ भने बाँकी १४ लाख २५ हजार ७२० आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले गोलाप्रथा प्रक्रियाबाट कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो । यस अनुसार ६९ हजार ७२० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।