GBIME

एनकासा टि–२० क्रिकेट प्रतियोगिता भोलिबाट

2.04K
shares

काठमाडौं, १३ फागुन । नेपाल चार्टर्ड एकाउन्टेन्टस विद्यार्थी संगठन (एनकासा) को आयोजनामा एनकासा अन्तर फर्म टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । यहि फागुन १४ गतेदेखि काठमाडौैंको मुलपानीमा टि–२० क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको हो ।

प्रतियोगितामा ११ टोलिको सहभागिता रहने संघका अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगिता १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने छ । फागुन १४ गते उद्घाटन हुने खेलमा जेके एण्ड एसएस एसोसिएट र सुभोड एसोसिएट बीच खेल हुनेछ ।