प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर १८ मंगलवार १०:४८
2.5K
shares
shares

काठमाडौं, १८ मंसिर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा १ लाख ४९ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार १ हजारले बढेर तोलामा १ लाख ५० हजार ३ सय रुपैयाँमा कायम भएको हो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । सोमबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८४५ रुपैयाँमा कायम भएको छ ।



















