२८ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता
वि.सं.२०८२ फागुन २४ आइतवार १०:४१
shares

काठमाडौं, २४ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा २८ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउन अझै बाँकी रहेको छ। तीमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अग्रस्थानमा रहेका छन्।
हालसम्म सार्वजनिक भएको परिणामअनुसार रास्वपाले १०६ सिट जितिसकेको छ। त्यस्तै नेपाली कांग्रेसले १५ सिट, नेकपा एमालेले ७ सिट, नेपाली कम्युनिस्ट पार्टीले ६ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट र श्रम संस्कृतिले १ सिट जितेका छन्। साथै एक स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।
गत बिहीबार सम्पन्न निर्वाचनको मतगणना क्रमशः जारी रहेको निर्वाचन अधिकृतहरूले जनाएका छन्। प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरूमा अहिले समानुपातिकतर्फको मतगणना सुरु गरिएको छ।
समानुपातिक प्रणालीअन्तर्गत भइरहेको मतगणनामा पनि रास्वपाले अग्रता कायम राखेको प्रारम्भिक विवरण प्राप्त भएको छ।


















