Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

767
shares

काठमाडौं, ६ साउन । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १८ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा एनसीसी डिबेन्चर २०८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.१६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४का लगानीकर्ताले ५.६३ प्रतिशतका दरले गुमाएका छन् भने गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ३.९२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि दिव्येश्वरी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.६७ प्रतिशतका दरले गुमाएका छन् भने सानिमा ग्रोथ फन्डका लगानीकर्ताले ३.५३ प्रतिशतका दरले गुमाएका छन् ।