शेयर बजारमा ११७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ चैत १० मंगलवार १५:२३
shares

काठमाडौं, १० चैत । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.८३ अंकले बढेर २,९६० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब ८३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमाफर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ६.५६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.११ प्रतिशतका दरले गुमाएका छन् भने मेरो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.५३ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि गरिमा डिबेन्चर, २०८५का लगानीकर्ताले ३.९० प्रतिशतका दरले कमाएका छन् भने नारायणी विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.८१ प्रतिशतका दरले गुमाएका छन् ।

















