Dhulikhel Eco Banner new

नवनियुक्त अर्थमन्त्री वाग्लेको राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने पहिलो निर्णय

3.43K
shares

काठमाडौं, १३ चैत । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। उनीले पदभार ग्रहण गरेसँगै मुख्य तीन निर्णय लिएका छन्।

पहिलो, आर्थिक स्थितिपत्र तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेका छन्।

दोस्रो, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनअनुसार राजश्व अनुसन्धान विभागसहित १५ वटा ऐन खारेज गर्ने निर्णय लिएका छन्।

तेस्रो, निजी उद्यम व्यवसाय सुरक्षा र प्रवर्द्धन तथा ठूला विकास आयोजना सहजीकरणका लागि नयाँ विधेयक वा संशोधनको प्राथमिकीकरण गर्दै वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र तयार गर्ने योजना तय गरेका छन्।