शेयर बजारमा ११ अर्ब ११ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ चैत १७ मंगलवार १५:३३
2.13K
shares
shares

काठमाडौं, १७ चैत । शेयर बजारमा ११ अर्ब ११ करोड रुपैयाँको कारोबार हुँदा रिडी पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४८ करोड ४८ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन अपी पावरको ४० करोड ३८ लाख रुपैयाँ कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको ३७ करोड ८७ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी एसवाई प्यानलको ३७ करोड ४६ लाख रुपैयाँ कारोबार भएको छ भने कुमारी बैंकको ३५ करोड ९० लाख रुपैयाँ कारोबार भएको छ ।


















