Dhulikhel Eco Banner new

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

6.7K
shares

काठमाडौं, २४ चैत । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

डा. भट्टले केही समयअघि मात्रै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट अवकाश लिएका थिए । अर्थतन्त्र तथा नीति निर्माण क्षेत्रमा लामो अनुभव भएका भट्टको नियुक्तिलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।