Dhulikhel Eco Banner new

शेयर बजारमा १७५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.51K
shares

काठमाडौं, २४ चैत । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.६१ अंकले बढेर २,७५७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ७३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा एनआईबिएल ग्रोथ फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ७.०८ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन झापा इनर्जीका लगानीकर्ताले ३.९६ प्रतिशतका दरले गुमाएका छन् भने चिरख्वा जलविद्युतका लगानीकर्ताले ३.८३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताले ३.६६ प्रतिशतका दरले गुमाएका छन् भने अभियान लघुवित्तका लगानीकर्ताले ३.०८ प्रतिशतका दरले गुमाएका छन् ।