लुम्बिनी हेरिटेजको पहिलो साधारण सभा वैशाख २० मा, आईपीओ प्रस्ताव मुख्य एजेन्डा
वि.सं.२०८२ चैत २९ आइतवार ०८:४४
shares

लुम्बिनी हेरिटेजले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्तावसहित पहिलो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको चैत २४ गते बसेको बैठकले आगामी वैशाख २० गते रुपन्देहीस्थित कम्पनी परिसरमा बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ। साथै, सञ्चालक समितिबाट भएका निर्णयहरू अनुमोदन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्ने कार्यसूची पनि समावेश गरिएको छ।
लुम्बिनी हेरिटेजले आईपीओमार्फत सर्वसाधारणलाई कम्पनीमा लगानी गर्ने अवसर प्रदान गर्ने तयारी गरेको जनाएको छ। साधारण सभाबाट प्रस्ताव पारित भएपछि सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति लिएर निष्कासन प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीको यो कदमले पूँजी बजारमा नयाँ लगानी अवसर थपिने अपेक्षा गरिएको छ। साथै, आईपीओमार्फत सर्वसाधारणको सहभागिता बढाउँदै कम्पनीले आफ्नो विस्तार योजना अघि बढाउने रणनीति लिएको देखिन्छ।



















