Dhulikhel Eco Banner new

माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ जारी गर्ने

1.22K
shares

काठमाडौं, २९ चैत । माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी प्रस्ताव पारित गर्न पहिलो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले सभा आगामी वैशाख २० गते आयोजना गर्ने जनाएको छ।

सभा रुपन्देहीस्थित लुम्बिनी हेरिटेजमा दिउँसो २ः३० बजेदेखि सुरु हुने तय गरिएको छ। उक्त सभामा कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्दै अनुमोदन गराउनेछ।

यससँगै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिबाट भएका विभिन्न निर्णयहरू अनुमोदन गर्ने लगायतका एजेण्डा पनि समावेश गरिएको छ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव समेत सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

कम्पनीले आईपीओ निष्कासनको तयारी अघि बढाएको सन्दर्भमा यस साधारण सभालाई महत्वपूर्ण मानिएको छ।