Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.6K
shares

काठमाडौं, ८ वैशाख । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १७.९१ अंकले घटेर २,८०७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ७७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सूर्यकुण्ड हाइड्रो, पाल्पा सिमेन्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेट विकास बैंकका लगानीकर्ताले १४.८२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एशियाली जलविद्युतका लगानीकर्ताले १०.३८ प्रतिशतका दरले कमाएका छन् ।