Dhulikhel Eco Banner new

प्रधानमन्त्री कार्यालयमा नेविसंघको नारावाजी गर्ने ४ जना पक्राउ

2.18K
shares

काठमाडौं, ८ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै मंगलबार प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि भेला भएका कार्यकर्ताहरूले गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै विरोध जनाएका थिए। प्रदर्शनका क्रममा उनीहरूले विभिन्न प्लेकार्डसहित सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले चार जना कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई सिंहदरबार परिसरभित्रबाटै नियन्त्रणमा लिइएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।